|

कालिकोट : जिल्ला खाँडाचक्र नगरपालिका १ का निवासी ८७ वर्षीया विष्णकला शाहीले बिहीबार जिल्ला प्रशासन कार्यालय कालिकोटबाट नेपाली नागरिकताको परिचय पत्र लिएकी छन्। जिल्ला सदरमुकामबासी भएपनि पहिलो पटक नागरिकता लिएकी हुन् ।

शाहीलाई सहायक प्रमुख जिल्ला अधिकारी पदमलाल लामिछानेले नागरिकता प्रदान गरेका थिए। नेपाली नागरिकताको परिचय पत्र नहुँदा राज्यले जेष्ठ नागरिकलाई दिने सामाजिक सुरक्षा भत्ता लगायतका सरकारी सेवा सुविधाबाट बन्चित भएका कारणले आफूले पहिलो पटक नागरिकता लिएको शाहीले बताइन्। ‘आजसम्म मैले नेपाली नागरिकता बनाएकी थिइन’ उनले भनिन् ‘नागरिकता नहुँदा सरकारी सेवा सुविधा कुनै पनि लिएको छैन।’

उमेर नेटो काट्दा समेत आफूले अहिलेसम्म कुनै पनि निर्वाचन मत समेत नखसालेको शाहीले बताइन्। ‘पञ्चायतकालदेखि कति निर्वाचन भए’ उनले भनिन्, ‘नागरिकता नहुँदा आजसम्म भोट समेत खसाल्न पाइनँ।’

जिल्ला सदरमुकाममा समेत कयौंले नागरिकता नबनाएको र गाउँ गाउँमा झन् नागरिकता समस्या निकै रहेको नेकपा एमालेका जिल्ला सचिव चित्रसिंह गाउँलेले बताए। ‘सदरमुकामका बासिन्दाले समेत नागरिकता पाउन सकेका छैनन्’ उनले भने, ‘विकट गाउँको अवस्था कस्तो होला?’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.