|
फाइल फोटो

पाँचथर : संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संसदमा विचाराधीन संविधान संशोधन विधेयक पारित गर्न ढिलाइ भएको भन्दै सरकारको नियतमै खोट देखिएको बताएका छन्। पाँचथरको फिदिममा सोमबार बिहान आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष यादवले सरकारले विधेयक पास गर्न ढिलाइ गर्नुले नियतमै खोट रहेको देखिएको बताए।

संविधानमा रहेका त्रुटिहरु हटाउन तथा असमानता र विभेद अन्त्य गर्न संशोधन आवश्यक रहेको उनको भनाइ छ। उनले संशोधन नभए अहिलेको संविधानको पनि विकल्प खोज्नुपर्ने अवस्था आउने चेतावनी दिए। ‘यसअघिका ६ वटा संविधानमा मुलुकको विविधता थिएन, जसले मुलुकलाई धान्न सकेन,’ यादवले भने, ‘संशोधन गरिएन भने अहिलेको संविधानको पनि विकल्प खोजिन्छ। चुनाव भयो भनेर सर्वस्वीकार्य भएको भ्रम हुनसक्छ, भ्रम नपालौँ।’

निर्वाचनका सम्बन्धमा सरकार उल्टो बाटो हिँडेको गुनासो यादवले गरे। पहिले संसद, त्यसपछ प्रदेश र स्थानीय तहको चुनाव गर्नुपर्नेमा सरकारले उल्टो दिशाबाट चुनाव गरेको उनको आरोप छ। अर्को फरक प्रसंगमा अध्यक्ष यादवले आगामी असोज २ गते २ नम्बर प्रदेशमा हुने निर्वाचनमा आफ्नो पार्टी पहिलो दल बन्ने जिकिर गरे। कसैले पनि आफूहरुलाई धक्का दिन नसक्ने उनको दाबी छ।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.