|

काठमाडौँ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज बढेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५६ दशमलव शून्य ९ अंकले उकालो लागेर २ हजार ६५३ दशमलव ५८ मा पुगेको छ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ९ दशमलव ७५ अंकले उकालो लागेर ४७६ दशमलव ४६ मा पुगेको छ। कारोबार भएका १३ उपसमूहको शेयर मूल्य नै बढेको छ। 

आजको कारोबारमा कूल १ करोड ५० लाख ४६ हजार ७१० कित्ता शेयर ६ अर्ब १३ करोड ८२ लाख ६ हजार ७०५ रुपैयाँ मूल्यमा कारोबार भएको छ।

नेप्सेका अनुसार न्यादी हाइड्रोपावर १०, मध्य भोटेकोशी जलविद्युत् कम्पनी ९ दशमलव ७६, इस्टर्न हाइड्रोपावर ९ दशमलव ६८, गुडबिल फाइनान्स ९ दशमलव २७ र सिनर्जी पावर डेभलपमेन्ट कम्पनीका लगानीकर्ताले ८ दशमलव १४ प्रतिशतले कमाएका छन्।

विन नेपाल लघुवित्त १०, कुमारी सुलभ योजना ९ दशमलव ४३, एनआइसी एशिया सेलेक्ट फण्ड ६ दशमलव ७०, स्वरोजगार लघुवित्त ५ दशमलव ४९ र उपकार लघुवित्तका लगानीकर्ताले ४ दशमलव ४१ प्रतिशतले गुमाएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.