|

काठमाडौं : सेयर बजारको नेप्से  परिसूचक आज सोमबार करिब ५८ अंकले घटेको छ। ५७.९९ अंक घटेपछि नेप्से २६३९ मा कायम भएको छ। बजार घटेसँगै कारोबार रकमसमेत घट्न पुगेको छ। अघिल्लो कारोबार दिन ८ अर्ब १८ करोडको सेयर कारोबार भएकोमा आजको कारोबार ५ अर्ब ९० करोडमै सीमित रह्‍यो।

कारोबार रकमका आधारमा आज हिमालयन री इन्स्योरेन्स शीर्ष स्थानमा रह्‍यो। यस कम्पनीको २२ करोड ३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भयो। त्यस्तै, यस दिन ङादी ग्रुप पावर र कुमारी बैंकको साढे १७ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ भने गुडविल फाइनान्सको कारोबार रकम १४ करोड नाघेको छ।

यस दिन १३ वटै उपसमूहको परिसूचक घटेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.