काठमाडौँ : धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक उकालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४६ दशमलव ६९ अंकले बढेर २ हजार ६९२ दशमलव ०५ मा पुगेको छ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १ दशमलव ७६ प्रतिशतले उकालो लागेर ४८१ दशमलव २८ मा पुगेको छ।
आज नेप्सेमा कारोबार भएका १३ वटै उपसमूह बढेका छन्। आज कूल १ करोड ३३ लाख ७३ हजार ४८१ कित्ता शेयर ६ अर्ब १२ करोड ८२ लाख ६४ हजार ५८० रुपैयाँमा खरिद बिक्री भएका छन्।
नेप्सेका अनुसार सप्तकोशी डेभलपमेन्ट बैंक, सानिमा जीआईसी इन्सोरेन्स र कुथेली बुथेली हाइड्रोपावरको शेयर मूल्य १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ।
हिमालयन एभरेष्ट इन्सुरेन्सको संस्थापक शेयर, कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य ९ दशमलव ९८ प्रतिशत र समाज लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९ दशमलव १८ प्रतिशतले बढेको छ।
आजको कारोबारमा सेन्ट्रल फाइनान्सको शेयर मूल्य १ दशमलव ८८ प्रतिशत, लाइफ इन्स्योरेन्स कर्पोरेशन लिमिटेडको १ दशमलव ५७, गुडविल फाइनान्स १ दशमलव २३, हिमालयन लघुवित्त वित्तीय संस्थाको १ दशमलव १२ र आईसीएफसी फाइनान्सको शेयरमूल्य १ दशमलव ०८ प्रतिशतले घटेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।