|

काठमाडौँ : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज ११ दशमलव ६४ अङ्कको गिरावट आएको छ।

आज नेप्से परिसूचक ११ दशमलव ६४ अङ्कले घटेर दुई हजार ६९९ दशमलव ८१ को बिन्दुमा कायम भएको हो।

आज ३१५ कम्पनीको एक करोड ८६ लाख ८० हजार ३९२ कित्ता शेयर ९२ हजार ३२६ पटक खरिदबिक्री हुँदा नौ अर्ब २४ करोड ७३ लाख ७५ हजार २८७  रुपैयाँ २७ पैसा बराबरको कारोबार भएको छ। 

आज ७४ कम्पनीको शेयर मूल्य बढ्दा १६० को घटेको छ भने ९ कम्पनीको मूल्य स्थिर छ।

फाइनान्स १ दशमलव ५८ प्रतिशतले बढ्दा अन्य सबै परिसूचक घटेका छन्। 

आज अपर लोहोरे खोला हाइड्रोपावर कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। 

उपकार लघुवित्त वित्तिय संस्था र कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.