|

काठमाडौं : स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले काठमाडौंको मीन भवनमा कन्दमूल एग्रो एण्ड फार्म खुलेको छ। बुधबार फार्मको उद्घाटन गर्दै नेपाली बजारमा स्थानीय उत्पादनको प्रोत्साहन र प्रचार गर्ने उद्देश्यमा आधारित आफ्ना योजनाहरू सार्वजनिक गरिएको थियो।

परम्परा र प्रविधिको समिश्रण कन्दमूलले नेपाली माटोमा उब्जिएका ताजा, गुणस्तरीय ,प्राकृतिक तथा हस्तनिर्मित उत्पादनहरूलाई हरेक नेपालीको घर आँगनसम्म पुर्याउने अभियानका रूपमा फार्मको थालनी गरिएको जानकारी दिइयो।

उद्घाटन समारोहमा फार्मका प्रबन्ध निर्देशक एन्जीला भट्टराईले नेपालका विभिन्न किसान र उद्यमीहरूलाई सहयोग गर्दै स्थानीय किसान र उत्पादनकर्ताहरूसँग मिलेर दिगो कृषि र क्षेत्रीय अर्थतन्त्रलाई प्रोत्साहित गर्ने योजनाहरू प्रस्तुत गरेकी थिइन्।

उनले भनिन्,’ स्थानीय रूपमा उब्जाएका उत्पादनहरू र निर्मित सामानहरूको प्रोत्साहन र प्रवर्द्धन गर्छ।‘

उनले आफूहरूले सामानहरू होम डेलिभरी सर्भिस गर्ने बताइन्। कन्दमूलले नेपाली परम्परा, स्वाद र स्वास्थ्यको संरक्षणका लागि महत्वपूर्ण कदम चालेको उनको दाबी छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.