काठमाडौं : नेपाली बजारमा सोमबार आज सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। लगातार नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य आज हालसम्मकै उच्च प्रतितोला एक लाख ९१ हजार रूपैयाँ पुगेको छ।
सुनको मूल्य दिनप्रतिदिन बढ्दै जाँदा पनि सुन पसलहरूमा मानिसको भीड भने घटेको छैन। विवाहको लगन आउँदै गर्दा सुन पसलमा चहलपहल बढेको न्यूरोडका एक व्यवसायीले बताए। त्यो सँगै कतिपय मानिस सुन बिक्रीको लागि पनि आउने गरेको उनले सुनाए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।