काठमाडौं : अमेरिकाको हार्वर्ड विश्वविद्यालयले ट्रम्प प्रशासनविरुद्ध मुद्दा दायर गरेको छ। विश्वविद्यालयले संघीय अनुदान रोक्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णय असंवैधानिक भएको दाबी गर्दै मुद्दा दायर गरेको हो।
ट्रम्प प्रशासनले हार्वर्ड विश्वविद्यालयसँग २०२३ को अक्टोबरदेखि तयार भएका यहूदी विरोधी र मुस्लिम विरोधी पूर्वाग्रहसम्बन्धी सबै गतिविधिको प्रतिवेदन बुझाउन माग गरेको छ। यो मागसँगै प्रशासनले हार्वर्डमाथि दबाब बढाएको छ, जुन संघीय सहयोगको अर्बौं डलर जोखिममा पार्ने खालको छ। यो कदम अमेरिकी शीर्ष विश्वविद्यालयहरूलाई आफ्नो राजनीतिक विचारधारासँग मेल खाने बनाउने गरी भएको प्रयासकापमा हेरिएको छ।
प्रशासनले हार्वर्डका विविधता र समावेशीतासम्बन्धी कार्यक्रम हटाउन, मास्क लगाएर हुने प्रदर्शन प्रतिबन्ध गर्न, योग्यता आधारित भर्ना प्रणाली ल्याउन र कर्मचारीको शक्ति घटाउन माग गरेको छ। ट्रम्प प्रशासनले हार्वर्ड विश्वविद्यालयको तत्काल २ दशमलब २ अर्ब डलर अनुदान कटौती गर्ने र विस्तारै थप अनुदान कटौती गर्ने सम्भावना रहेको जनाइएको छ। विश्वविद्यालयका कार्यवाहक अध्यक्ष एलन एम. गार्बरले सरकारको यो कदमले विद्यार्थी, प्राध्यापक, अनुसन्धानकर्ता र अमेरिकाको उच्च शिक्षामा प्रत्यक्ष असर पार्ने बताएका छन्।
हार्वर्डले भनेको यस कदमले विश्वविद्यालयको पहिलो संशोधन अधिकार र कानुनी प्रक्रिया उल्लंघन गरेको बताएको छ। विश्वविद्यालयले स्वास्थ्य, विज्ञान तथा प्रविधिमा केन्द्रित अनुसन्धान रोकिएको भन्दै यसको यहूदी विरोधसँग कुनै सम्बन्ध नरहेको दाबी गरेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।