राजनीति

अंकमा हेर्नुहोस् प्रदेश नम्बर २ को चुनाव

भदौ १८, २०७४

    काठमाडौं : स्थानीय तह निर्वाचन तेस्रो चरणको निर्वाचन अन्तर्गत प्रदेश नम्बर २ मा असोज २ गते मतदान हुँदैछ। राजनीतिक दलका नेताहरु भोट माग्न मतदाताका घरदैलो पुगिरहेका छन्।

    यसअघि चुनाव बहिस्कार गरेको राष्ट्रिय जनता पार्टी, नेपाल पनि यो चुनावमा सहभागी भएको छ। दुई नम्बर प्रदेशमा जम्मा ८ ओटा जिल्ला रहेका छन्। जहाँ १३६ स्थानीय तह रहेका छन्। यो संख्या सुरुमा १२७ थियो भने पछि नौ स्थानीय तह थपेर १३६ बनाइएको हो।

    जस अन्तर्गत एक महानगरपालिका, तीन उपमहानगरपालिका, ७३ नगरपालिका ५९ गाउँपालिका रहेका छन्। त्यस्तै १ हजार २७१ वडा संख्या रहेको छ। प्रदेश नम्बर २ मा २ हजार १६६ मतदान स्थल रहेका छन् भने मतदान केन्द्रको संख्या ३ हजार ५७८ रहेको छ।

    २६ लाख ६४ हजार ९५० मतदाता रहेको यो प्रदेशबाट महानगरप्रमुख देखि वडा सदस्य सम्म ६ हजार ६२७ जनप्रतिनिधि निर्वाचित हुनेछन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]