|
फाइल फोटो

कालिकोट : स्थानीय प्रशासनले शनिवार अपराह्नदेखि लगाएको कर्फ्यूका कारण  सदरमुकाम मान्मालगायत जिल्लाभरको जनजीवन प्रभावित भएको छ। कर्फ्यूका कारण कर्णाली राजमार्ग अवरुद्ध भएको छ भने स्थानीयले सहज रूपमा आवातजावत गर्न पाएका छैनन्। 

कर्फ्यू जारी रहँदा स्थानीय एफएम रेडियो शनिबार साँझ ७ बजे नै बन्द भएका छन् भने पत्रपत्रिका पनि निस्किएका छैनन्। अनावश्यक रूपमा कर्फ्यू लगाएका कारण जनजीवन असह भएको स्थानीय रामबहादुर शाहीले बताए। प्रहरी प्रशासनले नागरिकका मौलिक अधिकार हनन गरेको उनको भनाइ छ।

शान्ति सुरक्षामा खलल पुग्ने भन्दै शनिबार अपराह्नदेखि स्थानीय प्रशासनले कर्फ्यू लगाएको प्रमुख जिल्ला अधिकारी बद्रिनारायण गेरैले बताए । ‘जिल्लामा शान्ति सुरक्षामा खलल पुग्ने अवस्था सिर्जना भएका कारणले कर्फ्यू लगाइएको हो’, उनले भने,‘स्थिति सहज हुनासाथ हटाइनेछ।’

आफूले पाउने तलब सुविधा कटौती गरेको भन्दै म्यादी प्रहरीले शुक्रबार प्रहरी कार्यालयअगाडि प्रदर्शन गरेका थिए। यस क्रममा प्रहरीले गोली चलाउँदा म्यादी प्रहरी विवेक ऐडीको मृत्यु भएको थियो।

मृतकका आफन्त र स्थानीयको प्रदर्शनका कारण शनविार दिउँसो पनि स्थिति तनावग्रस्त बनेपछि कर्फ्यू लगाएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.