बजेट अभावले समयमै काम नसकिएको हो : ठेकेदार

|

उदयपुर : ठेकेदारको लापरवाहीका कारण त्रियुगा नदिको शिवाइघाटको पुल अझै बन्न सकेको छैन। ठेकेदारको लापवाहीका कारण सप्तरीको फत्तेपुर र उदयपुरको  गाइघाट र बेल्टारलाई जोड्ने चौडण्डीगढी नगरपालिका पाँचमा पर्ने निर्माणाधीन पुल नवनेको हो।

सात वर्षअघि निर्माणको ठेक्का लिएको महालक्ष्मी र लोकप्रिय कन्स्ट्रक्सन जेभीले वेवास्ता गर्दा  पुल नवनेको चौदणडीगढी नगरपालिका ५ का वडा अध्यक्ष देवनारायण चौधरी बताउँछन्। वडाअध्यक्ष चौधरीले भने, ‘सात वर्षमा ५० प्रतिशत पनि काम हुन सकेको छैन।’

चौडण्डीगढी नगरपालिका पाँचका वडा अध्यक्ष देवनारायण चौधरीले भने, ‘ठेकेदार कम्पनिको कारण फुल निमार्ण कार्य ढिला हुँदा नगरवासीलाई समस्या परेको छ।’ कुल लागत ९ करोड ७६ लाख लागत लाग्ने स्टिमेट गरिएको पुल अहिले १३ करोड भन्दा बढी खर्च भइसकेको छ। 

कछुवाको गतिमा काम गरेर ठेकदार कम्पनीले छारो टार्ने काम मात्रै गरेको चौडण्डीगढी नगरपालिका ५ सुन्दरपुरका रामकुमार चौधरीको गुनासो छ। ‘निर्माणको थालनी नै सुखद भएन,’ उनले भने, ‘निर्माण कम्पनीका साझेदारबीच नै सुरुमा विवाद भयो, पछि विवाद मिलिसक्दा काममा ढिलाइ भइसकेकाले अहिलेसम्म पुल निर्माण भएन।

आर्थिक वर्ष २०६७/०६८ निर्माण प्रारम्भ भएको पुलको निर्माण कार्य आर्थिक वर्ष २०७०/०७१ मा सम्पन हुनुपर्ने हो। तर निर्माण सम्पन्न गर्नुपर्ने भन्दा चारवर्ष ढिलो भइसक्दा पनि पुल निर्माण सम्पन नभएको स्थानीयको दाबी छ। पुलको १३ मध्ये ३ वटा पिलरको फाउन्डेसनमा काठको ठुटा भेटिएको भन्दै काम रोकियो। बाँकी ४ मध्ये ३ मा रूखको ठुटा भेटिएको पुल हेर्दै आएको गाइघाट दिक्तेल सडक आयोजना गाइघाटले जनाएको छ। ‘आर्थिक वर्ष २०७०/०७१ को असार मसान्तमा काम सक्नुपर्ने हो,’ पुल निर्माण हेर्दै आएका आयोजनाका इन्जिनियर कमल यादवले भने, ‘तर विभिन्न प्राविधिक कठिनाइसँगै बजेट अभावले पनि काम समयमै सम्पन हुन सकेन।’

चालु आर्थिक वर्षमा पनि सरकारले २५ लाख रुपैयाँ मात्रै बजेट विनियोजन गरेकाले काम सम्पन्न हुन सक्ने अवस्था नरहेको उनले बताए। पानीको सतहमुनि ठुटो भेटिएकाले ठुटा निकाल्ने काममा वर्षदिन लाग्यो। त्यसपछि आर्थिक अभाव हुँदा कामले गति लिन नसकेको स्थानीय बताउँछन्। पुलको नाैवटा पिलर तयारी भइसकेपछि काम रोकिएको इन्जिनियरको दावी छ। 

हालसम्म तीसय सातमिटर लामो ‘डव्बल लेन्थ’ को पुल निर्माण भई सञ्चालन आउने आशमा सप्तरीको पूर्व उत्तर र खोटाङको दक्षिण क्षेत्रका सर्वसाधारण बसेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.