|
फाइल फोटो : thahakhabar

काठमाडाैं : सञ्‍चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुल बास्कोटाले मुलुकको नवनिर्माणमा सूचना प्रविधिको सही प्रयोग गर्न आह्वान गरेका छन्। राज्यमन्त्री बास्कोटाले सूचना प्रविधिको सही सदुपयोग नभए हुँर्कदो पुस्ता विनाशतर्फ लाग्ने भएकाले सवैले सचेत हुन अावस्यक रहेकाे बताए। बास्कोटाले मानव जीवन उपयोगी सूचना प्रविधिको प्रयोग आवश्यक हुने पनि स्पष्ट पारे।

बिहीबार काठमाडौंमा आयोजित सूचना प्रविधि सम्बन्धी एक कार्यक्रमलाई सम्बोधन गर्दै राज्यमन्त्री बास्कोटाले सूचना प्रविधिको कमीका कारण नभई नेपाली महिलाहरू राजनीतिक-आर्थिक सम्बन्धका कारण पछि परेको स्मरण गराए।

राज्यमन्त्री बास्कोटाले सूचना प्रविधिको दुरुपयोग हुन नदिन सरकार सचेत रहेको पनि स्पष्ट पारे। सूचना प्रविधिको सही सदुपयोग आजको मुख्य आवश्यक्ता रहेको उनको भनाइ थियाे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.