'विजुलीको पाइप चुल्होमा'

|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले विद्युतीय गाडीले भविष्यमा पेट्रोलियम गाडीलाई विस्थापन गर्ने बताएका छन्। नेपाल सरकारको विद्धुतीय यातायात राष्ट्रिय कार्ययोजना तथा साझा यातायातले भित्र्याएका विद्युतीय मोटर विजुलीबस सेवा उद्‍घाटनको क्रममा मंगलबार प्रधानमन्त्री ओलीले आयातको तेलले चलेका मोटर भविष्यमा नेपालमा उत्पादन हुने विजुलीले नै विस्थापित गर्ने बताए।

'सर्वत्र महँगी बढाउन मद्दत गर्ने पेट्रोलियम पदार्थलाई विद्युतको प्रयोगबाट संचालन गरिने गाडीले  भविष्यमा विस्थापन गर्नेछ' प्रधानमन्त्री ओलीले बताए। विद्युतीय गाडी संचालनको लागि सरकारले राष्ट्रिय कार्ययोजना नै बनाएको प्रधानमन्त्री ओलीको भनाइ छ। 

सन् २०५० सम्म पेट्रोलियम पदार्थको प्रयोगलाई धेरै ठूलो मात्रामा कम गर्ने वा सकभर अन्त्य गर्ने प्रधानमन्त्री ओलीको विश्वास छ। 'हाम्रा दुई ठूला छिमेकीका विद्युतीय सवारीसम्बन्धी लक्ष्यलाई पनि हामीले हेरिरहेका छौँ। वनजंगल डढेलो न्युनीकरणलाई हेरिरहेका छौँ। यसले अत्यधिक कार्बन उत्पादन गर्छ। यसको न्यूनीकरण गर्नुपर्छ।'  ओलीले भने। नेपाल विद्युत् प्राधिकरणले देशका २० ठाउँमा विद्युतीय सवारी चार्जिङ स्टेसन सञ्चालन गर्ने तयारी गरेको छ।

वातावरणीय प्रदूषण न्यूनीकरण गर्छौं 

प्रधानमन्त्री ओलीले दैनिक जीवनमा प्रयोग हुने साधन अब विद्युतको प्रयोगबाट संचालन हुने र यसले वातवरण प्रदूषण न्यूनीकरणमा सहयोग पुर्‍याउने प्रधानमन्त्री ओलीको भनाइ छ। 'अब छिट्टै हामी ग्यासको पाइप चुलोमा होइन बिजुलीको तार चुलोमा पुर्‍याउछौँ। केहीलाई अनौठो लाग्न सक्छ। अब घरघरको चुलो विजुलीयुक्त चुलो बनाउन हाम्रा कार्ययोजना अगाडि बढ्छ' प्रधानमन्त्री ओलीले भने।

विद्युतीय सवारी साधनको प्रयोगले पर्यटकीय क्षेत्रमा समेत महत्त्वपूर्ण योगदान मिल्नेमा प्रधानमन्त्री ओलीको विश्वास छ। आधारभूत रूपमा सरकारले लोडसेडिङ अन्त्य गरेको र आगामी वर्षमा जलविद्युतमा सम्पन्न हुने कुरामा ढुक्क रहन प्रधानमन्त्रीको भनाइ छ।

साझाले भित्र्याएका र भित्र्याउने क्रममा रहेका पाँच वटा मोटर लुम्बिनी क्षेत्रमा संचालन गरिने बताइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.