|

काठमाडौं : संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आफूहरुको माग बमोजिम संविधान संशोधन गर्न सरकारलाई १५ दिनको अल्टिमेटम दिएको छ। सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको छलफलमा मोर्चाका नेताहरुले १५ दिनभित्र संविधान संशोधन नगरे सशक्त आन्दोलन गर्ने चेतावनी दिएका हुन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा भएको छलफलमा मधेसी मोर्चामा आवद्ध दलका नेताहरुले आफूहरुको समेत सहमतिमा १५ दिनभित्र संशोधन प्रस्ताव ल्याउन अल्टिमेटम दिएको संघीय समाजवादी फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिए।

मोर्चाले पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीमा निर्वाचित गर्नुअघि कांग्रेस र माओवादी केन्द्रसँग मोर्चाले गरेको ३ बुँदे सहमति कार्यान्वयनको प्रसंग उठाउँदै संविधान संशोधनका लागि अल्टिमेटम दिएको हो।

तीन बुँदे सहमति अन्तर्गत आन्दोलनका घाइतेको उपचार, मृतकलाई राहत, आन्दोलनका क्रममा मुद्दा लागेकाहरुको मुद्दा फिर्ता र आन्दोलनको छानबिन लगायतका माग सरकारले पूरा गरेपनि संविधान संशोधन हुन सकेको छैन। सोमबार मधेसी मोर्चामा आवद्ध दलका शीर्ष नेता र प्रधानमन्त्री प्रचण्डबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा छलफल भइरहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.