|

काठमाडौं : आइकिडो आकिकाई संघ नेपालले शनिबार काठमडौंमा दुई दिने खेल प्रशिक्षण सम्पन्न गरेको छ। संघले यसै वर्ष जापानको आइकिडो प्रधान कार्यालयबाट मान्यता प्राप्त गरेको हो। मार्शल आर्टको क्याटागोरीको सो खेल सन् १९३१ मा जापानका महागुरु मोरिहे उसिवाले शुरुवात गरेका हुन्। नेपालमा भने सन् २००८ मा सिंगापुरबाट खेल कौशलका साथ नेपाल फर्केका अर्जुन श्रेष्ठले यो खेल भित्र्याएका हुन्।

उनले यसै वर्ष पाँचौ डन प्राप्त गर्न सफल भएका छन्। आइकिडो आकिकाई आत्मरक्षा, शान्त जीवन र स्वास्थ शरीरका लागि खेलिने खेल हो। आइकिडो आकिकाई, जापानको प्रधान कार्यालयबाट वरिष्ठ प्रशिक्षक माकोतो इतो (६ डन) आएर  प्रशिक्षण दिएका थिए। यस खेलमा अभिरुचि राख्ने अष्ट्रेलिया, जापान, सिंगापुर, यूएई, भारत र नेपालका विभिन्न प्रदेशका खेलाडीहरूको सहभागिता रहेको थियो।

हालसम्म आइकिडो आइकिकाई  संघ नेपालले ५०० भन्दा बढी पुरुष तथा महिला खेलाडीलाई निःशुल्क प्रशिक्षण दिएको संघका संस्थापक अध्यक्ष अर्जुन श्रेष्ठले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.