|

रूपन्देही : राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजामा रुपन्देहीबाट १० जना विद्यार्थीले ४ जिपिए ल्याएका छन् । 

जिल्लामा सबैभन्दा धेरै बुटवलको न्यू होराइजन स्कुलका सात विद्यार्थीले ४ जिपिए ल्याएका हुन् । त्यो विद्यालयका क्षितिज डुम्रे, स्वस्तिका कुँवर, अशिम चौधरी, अनुस्का श्रेष्ठ, प्रवेश आचार्य रोशना टण्डन र सोयल ज्ञवालीले ४ जिपिए ल्याएको जिल्ला शिक्षा समन्वय एकाइ रुपन्देहीका उपसचिव घनश्याम भुसालले बताए। 

यस्तै सामुदायिकतर्फ कालिका माविका सविना सुवेदीले ४ जिपिए प्राप्त गरेका छन् । देवदह इङ्गलिस बोर्डिङ स्कुलका गौरव खनाल र सिद्धार्थ बोर्डिङ स्कुलका निकिता खनालले ४ जिपिए प्राप्त गरेको उपसचिव खनालले बताए
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.