|

पोखरा : मनाङबाट निर्वाचित स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) प्रवेश गरेसँगै गण्डकी प्रदेश सरकारमा नेकपाको दुईतिहाइ सिट पुगेको छ । 

मनाङ ‘ख’ बाट निर्वाचित प्रदेशका एकमात्र स्वतन्त्र सांसद प्रवेश गरेपछि गण्डकीमा नेकपाको दुईतिहाइ बहुमत पुगेको हो । हाल प्रदेशसभामा नेकपाका ३९, कांग्रेस १५, राष्ट्रिय जनमोर्चा २ (एकजनाको निधन), समाजवादी पार्टी (नयाँ शक्ति) २ र स्वतन्त्र सांसद १ जना छन् । ६० सांसद रहेको गण्डकी प्रदेश सभामा नेकपाको अब ४० सांसद भएका छन्  । 

नेकपामा नवप्रवेशी सांसद मनाङेलाई प्रदेश मुख्यमन्त्री तथा नेकपा प्रदेश इन्चार्ज पृथ्वीसुब्बा गुरुङले अबिर र माला लगाएर पार्टीमा स्वागत गरेका हुन् । 

मनाङे प्रदेशको अर्थ तथा विकास समितिको सदस्य समेत हुन्। यस अघि पनि उनी प्रदेश सभामा सरकारको समर्थन गर्दै सत्ता पक्षकै लाइनमा बस्दै आएका थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.