|

रूपन्देही : अखिल(क्रान्तिकारी) ले रुपन्देही,नवलपुर,अर्घाखाँची र पाल्पामा एकसाथ कालो ब्यानर राखेको छ। संगठनले शैक्षिक माफियाद्वारा सञ्चालित कलेज र स्कुल भन्दै कालो ब्यानर राखेको हो। विप्लव समूहनिकट संगठन 'सामाजिक बहिस्कार गरौँ' भन्ने ब्यानर टाँसेर सामाजिक वहिष्कारको अपिल पनि गरेको हो ।

'सामाजिक बहिष्कार गरौँ' भनेर लेखिएको ब्यानर सगरमाथा अंग्रेजी बोर्डिङ स्कुल  खैरेनी देवदह, सञ्जीवनी नर्सिङ कलेज, नमस्ते एकेडेमी तिलोत्तमा, न्यू एकेडेमी इङ्लिस बोर्डिङसैनामैना, सिद्धार्थ मेडिकल कलेज, मुकन्दसेन इङ्लिस बोर्डिङ स्कुल गैँडाकोट नवलपुर, अक्सफोर्ड इन्जिनियरिङ कलेज गैडाकोट नवलपुर र सेन्ट जोसफ इङ्लिस बोर्डिङ स्कुल देबचुलीमा टाँगिएको हो।

त्यसैगरि अर्घाखाँची माध्यमिक बोर्डिङ सन्धिखर्कमा पनि कालो ब्यानर टाँगिएको छ। सामाजिक बहिष्कार गर्नुपर्ने कारणसहित संगठनले ब्यानर टाँगेको अखिल (क्रान्तिकारी) का ब्युरो संयोजक वीरेन्द्र विकले बताए ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.