सातामा एक पटक पत्रकार सम्मेलन गर्ने

|
फाइल फोटो

हेटौंडा : प्रदेश ३ सरकारले आफैंले गरेको निर्णय लुकाउन खोजेको छ । प्रदेश सरकार गठनका बेला मन्त्रीपरिषद्को निर्णय बुँदागत रुपमा सुनाउने गरेका सरकारका प्रवक्ता कैलाश ढुङ्गेल अहिले निर्णय नभएको भन्दै टारिरहेका छन्। 

प्रदेश सरकारका पछिल्ला केही निर्णयबारे सञ्चारकर्मीले प्रश्न गर्दा उनले जवाफ नदिई हिँड्ने गरेका हुन्। प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री रहेका प्रवक्ता ढुङ्गेलले केही निर्णय लुकाइरहँदा मन्त्रीपरिषद् बैठकबाट १२ वटासम्म निर्णय भएको देखिन्छ । 

यसअघि प्रदेश साउन ६ गते प्रदेश सरकारले स्थानीय तहलाई एम्बुलेन्स, दमकल र शववाहन खरिद गर्न दिएको रकम फ्रिज नहुने भनेर गरेको  निर्णय प्रदेश सरकारले गुपचुप राख्न खोजे पनि बाहिरिएको थियो। जुन साउन १० गते आर्थिक नियमावली विपरित भएकोले प्रदेश सरकारले उल्टाउन बाध्य भएको थियो । 

प्रदेश सरकारले अब मन्त्रिपरिषद्को निर्णय जानकारी दिन प्रत्येक साता पत्रकार सम्मेलन गर्ने मन्त्री ढुङ्गेलले जानकारी दिएका छन्। उनले मन्त्रिपरिषद्को निर्णयबारे पत्रकार सम्मेलनमा भन्छु भनेर टारिरहेका छन्। ‘अब प्रत्येक हप्ता पत्रकार सम्मेलन हुन्छ, त्यहीँ सोध्नुस’ यसो भन्दै उनी पन्छिने गरेका छन्। 

बाढीपीडितलाई मन्त्रीबाट १० दिनको तलब 

प्रदेश ३ सरकारका मुख्यमन्त्री डोरमणि पौडेल र अरु सबै मन्त्रीहरुले १० दिन बराबरको तलब बाढी, पहिरो पीडितका लागि दिने निर्णय गरेको छ । बाढी, पहिरोपीडितका लागि राहत स्वरुपमा उपलब्ध गराउने दश दिनको तलवबप्रदेश सरकारको विपद् व्यावस्थापन कोषमा जम्मा गर्ने निर्णय गरिएको एक मन्त्रीले बताएका छन।  

सहभागी एक मन्त्रीका अनुसार  प्रदेश ३ सरकारको भूमि व्यावस्था, कृषि तथा सहकारी मन्त्रालय र चिन सरकारका बिचमा कृषि सम्बन्धी काम गर्नका लागि संघिय सरकार संग अनुरोध गर्ने निर्णय गरेको छ।  

यस्तै मन्त्रिपरिषदको बैठकले भौतिक पूर्वाधार विकास मन्त्रालयले पेस गरेको ललितपुर–काभ्रे सडकको ठेक्काको बोलपत्र आह्वान अनुसार विभिन्न कम्पनीले हालेको ठेक्कामध्ये बज्रग्रुप कन्ट्रक्सनको बोलपत्रलाई ठेक्का खोल्दा समावेश नगर्ने निर्णय गरेको छ। 

उक्त कम्पनीलाई अख्तियारको मुद्दा रहेको भन्दै समावेश नगर्ने निर्णय गरेको एक मन्त्रीले बताए । यद्यपी प्रदेश सरकारका प्रवक्ता भने मन्त्रिपरिषद्को वैठकको निर्णय पत्रकार सम्मेलनबाट सुनाउने बताएका हुन् ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.