दैलेख : बाइसे चौबिसे राज्यकालमा दैलेखको दुल्लु जुम्लामा रहेको सिंजा साम्राज्यको शीतकालिन राजधानीका रूपमा निकै परिचित क्षेत्र हो।
स्थानीय सरकार आएसँगै संसार बर्माद्वारा निर्माण गरिएको दुल्लुको पैवा दरबारमा अहिले दुल्लु संग्रहालयको स्थापना गरिएको छ। दुल्लु संग्रालयमा पुराना मल्लकालिन पैसादेखि पुरानो समयमा मानिसले प्रयोग गर्ने विभिन्न घरयसी सामानहरू राखिएको छ। अहिले लोप भैसकेका विवाहमा गाउँघरमा प्रयोग गरिने डोलि ताम्दानि पानी खान प्रयोग गरिने माटोका भाडा समेत सजाएर राखिएको छ।
संग्रालयमा महिलाले प्रयोग गर्ने पैसाका मालासहित हुक्का मदुस कोसी माना पाथीलगायत पुरानो समयमा दुल्लुका राजा रजौटाले प्रयोग गर्ने विभिन्न सामग्रीहरूले सजाइएको देखिन्छ।
पछिल्लो समयमा दुल्लु संग्रालयको अवलोकन गर्न आन्तरिक तथा वाह्य पर्यटकको सङ्ख्या बढ्दै गएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।