|

संखुवासभा :  जिल्ला अस्पतालमा चिकित्सक नहुदाँ प्रसूति सेवा ठप्प भएको छ। सुरक्षित मातृत्व सेवाका चिकित्सक घर बिदामा गएपछि प्रसूति सेवा अवरुद्ध भएको अस्पताल प्रशासनले जनाएको छ।

प्रसूति सेवा गराउने चिकित्सक व्यवस्थापन नगर्दा जिल्ला अस्पताल खाँदबारीमा पटकपटक प्रसूति सेवा अवरुद्ध हुँदै आएको छ। दुई चिकित्सकमध्ये एक जना घर विदामा गएका कारण सेवा अबरुद्ध भएको अस्पताल प्रशासन शाखाका दिपेश श्रेष्ठले जानकारी दिए। 

अस्पतालका दुई चिकित्सक मध्ये एक जना विदा लिएर घर गएपछि ८ गते देखि प्रसूति सेवा अवरुद्ध हुने पुगेको अस्पताल प्रशासनले जनाएको छ। निक साइमन नामक संस्थाले सुरक्षित मातृत्व सेवाका लागि जिल्ला अस्पताल खाँदबारीमा दुई जना चिकित्सक नियुक्त गरेका छ।  

जिल्ला अस्पतालमा चिकित्सक नभएपछि २४ घण्टे प्रसूति सेवा शुक्रबारबाट ठप्प भएको हो। चिकित्सक नभएपछि प्रसूति सेवा गराउन आउने सेवाग्राही मारमा परेका छन्। अहिले दैनिक ५ जना भन्दा बढी प्रसूति सेवा लिन आउने गरेको जिल्ला अस्पतालको रेकडमा उल्लेख छ। 

प्रसूति सेवा लिन संखुवासभा,भोजपुरको षडानन्द नगरपालिका, साल्ला सिलिच्छो गाउँपालिका र धनकुटाको महालक्ष्मी नगरपालिकाबाट समेत आउन गरेका छन्। जिल्ला अस्पतालमा २४ सै घण्टा प्रसूति सेवा अवरुद्ध भएपछि लाखौै रकम खर्चेर धरान, विराटनगर र इटहरी जानु पर्ने बाध्यता छ। चिकित्सक नभएपछि सेवाग्राहीले लाखौ खर्च गरेर अन्यत्र लैजाने गरेका छन्। चार दिन दिनदेखि अस्पतालमा प्रसूति सेवा प्रभावित हुँदै आए पनि अस्पतालले चिकित्सक व्यवस्थापनका लागि चासो देखाएको छैन। जिल्ला अस्पताल खाँदबारीमा यस्ता समस्या बारम्बार हुँदै आएको छन्।    

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.