अन्तराष्ट्रिय क्रिकेट परिषद (आइसीसीले) बंगलादेशका कप्तान तथा विश्व नम्बर एक अलराउन्डर सकिब अल हसनलाई दुई वर्षे प्रतिबन्ध लगाउने निर्णय गरेको छ। यो प्रतिबन्ध क्रिकेटको सबै फर्म्याटमा लागु हुने छ।
यद्यपि, यसमा एकवर्षको सजाय निलम्बनमा राखिएको छ। आइसीसीको आधिकारिक वेबसाइटमा उल्लेख भएअनुसार साकिबले आइसिसी भ्रष्टाचार विरोधीसंहिताको उल्लंघन गरेको तीन आरोप स्वीकार गरेको उल्लेख छ। जसका कारण उनीमाथि यो प्रतिबन्ध लगाइएको हो। सकिबसँग सट्टेबाजहरुले म्याच फिक्सिङका लागि
सम्पर्क गरेका थिए। तर, यसको जानकारी सकिबले आइसिसीलाई दिएका थिएनन्।
प्रतिबन्धपछि सकिबले एक विज्ञप्ति जारी गर्दै भने, ‘मलाई यो कुराप्रति एकदम दुःख लागेको छ, जुन खेललाई म अत्याधिक माया गर्छु त्यही खेलमा प्रतिबन्ध लगाइएको छ, तर मलाई प्राप्त प्रस्ताबको जानकारी नदिनुको दोष स्वीकार्दै कारबाही स्वीकार्छु । भ्रष्टाचारविरुद्धको लडाइका लागि आइसिसीको भ्रष्टचारविरोधी निकाय खेलाडीप्रति विश्वस्त छ, तर मैले यो भूमिकामा आफुलाई खरो उतार्न सकिनँ।’
एकवर्षपछि फुकुवाको सम्भावना
सकिबले आइसिसी समक्ष सबैकुराहरु प्रस्टसँग भनेको र कारबाहीलाई पनि आफुले स्वीकार्ने निर्णय गरेपछि आइसीले उनीमाथि दुई वर्षको सजाय सुनाए पनि एक वर्ष निलम्बन गरेको छ।
त्यसैले आइसीले २९ अक्टोबर २०२० बाट उनको प्रतिबन्ध पूर्ण रुपमा फुकुवा गर्ने सम्भावना रहेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।