बुटवल : नवनिर्वाचित प्रदेश ५ सांसद विमला वली खत्रीले बुधबार सपथ ग्रहण गरेकी छन्। दाङ क्षेत्र नम्बर ३ (ख) बाट निवार्चित प्रदेशसभा सदस्य वलीलाई प्रदेशसभाका सभामुख पूर्णबहादुर घर्तीले सपथ ग्रहण गराएका हुन्।
मंसिर १४ गते भएको उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट वलीले २४ हजार २ सय ८६ मत ल्याउँदै निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार केशवराज आचार्यलाई पराजित गरेकी थिइन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।