दैलेख : हेर्दा पातलो ज्यान। गालामा झुस्स बोकेदारी। बिहानदेखि साँझसम्मै तरकारी बारीमा। नौ वर्ष विदेशी भूमिमा पसिना खन्याएर दुई वर्षअघि आफ्नै जन्मभूमि फर्केका उनी गाउँमै अर्गानिक कृषिकर्ममा रमाएका छन्। नौ वर्ष कतारमा पसिना खन्याएर फर्केका दैलेखको डुगेश्वर गाउँपालिका ६ थर्पु गाउँका मेगनाथ आलेमगर अहिले आफ्नै बारीमा गरेको कृषि कर्ममा आनन्द मान्छन्।
‘सम्भावना आफ्नै ठाउँमा पनि छ। गाउँमा केही गर्नेे उद्देश्यले अर्गानिक कृषि खेतिमा लागेका छु,’ उनले नौ वर्ष कतारमा गरेको दुःख सम्झँदै भने, ‘नौ वर्ष कतार बसेर धेरै दुःख गरियो कार्पेन्टरको काम गरेँ। घरका अग्ला तलामा पुग्दा गाउँको सम्झना आउँथ्यो, नौ वर्ष आफ्नै भूमिमा दुःख गरेको भए धेरै प्रगति हुने रहेछ भनेर अहिले आफैँ थाहा पाउँदै छु।’
उनले अहिले अब कहिल्यै पैसा कमाउन विदेश नजाने अठोट पनि गरेका छन्। नौ वर्ष पहिले नै विदेश छिरेकोमा उनलाई अहिले पछुतो छ। ‘उतिबेला बुद्धी पलाएन विदेश गएर धेरै पैसा कमाउँने सपना देखियो अर्काको भूमिमा गएपछि घरमा बसेर कल्पना गरे जस्तो नहुँदो रहेछ,’ उनले भने, ‘हतारमा कतारतिर लागियो बेकारमा बिदेश गएछु अहिले पछुतो लाग्छ।’
६० देखि ७० डिग्री तापक्रममा दिनमा १४/१५ घण्टा घोटिएर पसिनासँग पैसा साट्दाको पीडा अहिले उनलाई सम्झन पनि मन लाग्दैन। उनले विदेशमा गरेको दु:ख आफ्नै भूमlमा गर्ने अठोट लिएर काम गरिरहेका छन्। ‘बिदेसी भुमीमा जति दुख गरिन्छ त्यति दुख आफ्नै ठाउँमा गरे मनग्य आम्दानि हुने देखेर अहिले कृषिमा लागेको हुँ,’ उनले भने, ‘गरे असम्भव के छ र बिदेशीले घरको छतमा व्यवसायिक तरकारी खेति गरेका हुन्छन हाम्रो त प्रशस्त जग्गा जमिन छ।’
उनले गाउँमा छिमेकीले बाँझो जग्गासमेत भाडामा लिएर तरकारी फलाएका छन्। उनले अर्गानिक गोलभेँडा, काउली, बन्दा लगायतका तरकारी ब्याबसायिक रुपमा खेती गरेका छन्।
कृषक मगरले गाउँमै लगाएको विभिन्न किसिमको अर्गानिक तरकारी खेती
दुःख स्वदेशमै गरौँ
रोजगारीका लागि बिदेशी भूमिमा काम खोज्न जानेहरुलाई मेगराज नजान सुझाब दिन्छन्। आफुले नौ बर्ष बिदेशमा पाएको दुख सम्झ्दैँ उनले भने, ‘गाउँका अरु साथीभाईले दुख नपाउँन। त्यहाँ बगाउने पसिना यहिँ बगाए त्यहाँ कमाउने जति कमाउन सकिन्छ।’ पछिल्लो समय नेपाली यूवायूवती विदेश जाने दर बढेको प्रति उनको चिन्ता छ। यूवायूवती विदेश जाने दर रोक्न नेपाल सरकार, स्थानीय सरकारले रोजगारका कार्यक्रमहरु ल्याउनुपर्ने उनको सुझाव छ।
राम्रोभन्दा हाम्रो स्थान
सरकारले किसानको प्रर्वद्धनका लागि बिभिन्न सहयोग गरेपनि स्थानिय सरकारको नेतृत्वका नजिकका मान्छेले मात्रै त्यस्तो सुविधा पाउने गरेको उनीसँग अनुभव छ। नारायण नगरपालिका ३ मा व्यावसाहिक कृषि खेती गर्दै आएका किसान नन्दाराम रेग्मी भन्छन्, ‘कृषिका क्षेत्रमा काम गर्ने निकायमा सहयोगको लागि धेरै पटक गएँ तर हाम्रो पालो आएन।’
रेग्मी पाँच वर्ष यता व्यवसायिक कृषिकर्ममा रमाएका किसान समेत हुन। ‘पाँच बर्षदेखि ब्याबसाहिक तरकारी खेती गर्दै आएको छु,’ उनले भने, ‘खर्च कटाएर गरेर वार्षिक २ लाख आम्दानी गर्ने गरेको छु।’ अहिलेसम्म कुनै पनि सरकारी सहयोग नपाएको रेग्मीको गुनासो छ। ब्याबसाहिक भन्दा झोलामा कृषिका फर्म बोकेर हिँड्ने किसानहरुले सरकारी सेवा सुबिधा पाउने गरेको उनको आरोप छ।
डुगेश्वर थुर्पुगाउँका मेगनाथका पनि समस्या ठ्याक्कै यस्तै छ। सरकारी सुविधाको लागि गाउँपालिकाले सिफारिस नबनाइदिएको उनी बताउँछन्। केन्द्र सरकारले किसानलाई सहुलियत ऋण दिने गरेको भएपनि स्थानिय सरकारले यसको व्यवस्थापन गर्ने गरेका छन।
कृषि पेशामा लागेका किसानहरु बैंकमा पुग्दा ऋण पाउँदैनन्। ‘राजनीतिक दलका नेताका आफन्त, कार्यकर्ताले फाइल देखाएर बैंकबाट ऋण पाएका छन्,’ उनले भने, ‘हामी खेती गरेका किसानले पाउँदैनौँँ।’
अर्गानिक कृषिमा जोड
छिमेकिको जग्गा भाडामा लिएर अर्गानिक कृषि व्यवसाय सुरु गरेका मेगनाथ जस्तै यहाँका २५ किसानहरु अर्गानिक कृषि व्यवसायमा लागेका छन। ‘कसैले पनि बारीमा बिषादी प्रयोग गर्दैनौँ, गोठे मल उत्पादनका लागि गाई भैसी र बाख्रा पालेका छौँ,’ उनले भने।
अर्गानीक मलको लागि यहाँका किसानहरुले पशु व्यवासय पनि सुरु गरेको किसान देवी आलले बताए। पहाडी तथा साना किसान आयोजना (आशा)दैलेखले अर्गानिक खेती गर्न किसानहरुलाई तालीम पनि दिएको छ। किसानले गोठ सुधार गरेर मलपुत्र समेत संकलन गर्न थालेका छन्। किसानहरुले तरकारीमा विषादी हाल्नै परे जैविक विषादी हाल्ने गरेको उनीहरु बताउँछन्।
यस आयोजनाले मेगनाथलाई एक लाख ५० हजार नगद सँगै प्रर्माकल्र्चर बारे तालीम दिएपछि उनी व्यवासायिक किसान भएका हुन। अहिले उनी आफैँ पनि गाउँमा अर्गानीक खेतीको बारेमा जानकारी दिन गाउँगाउँ जाने गर्छन्।
कृषक मगरले गाउँमै लगाएको विभिन्न किसिमको अर्गानिक तरकारी खेती
तपाईंको ईमेल गोप्य राखिनेछ ।