|
फाइल फोटो

बुटवल : रुपन्देहीको तिलोत्तमा नगरपालिकामा एक महिलाको हत्या भएको छ। नगरपालिकाको कान्छी बजार ५५ वर्षीय कमलादेवी परियारको छुरा प्रहारबाट हत्या भएको हो।

सोही स्थानकै २७ वर्षीया विकास गुरुङले छुरा प्रहारी गरी हत्या गरेको ईलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ। ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले कान्छीबजारमा जग्गा प्लटिङ गरेको स्थानमा घाँस काटिरहेकी कमला देवीलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको जानकारी दिए।

गुरुङले प्रहार गरेको धारिलो हतियारबाट घाँटीमा गम्भीर चोट लागेकोमा उनको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको भट्टराईले जानकारी दिए। घटनापछि भाग्दै गरेका गुरुङलाई नियन्त्रणमा लिई थप अनुसन्धान शुरू गरेको प्रहरीले जानकारी दिएको छ। गुरूङलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.