|

बुटवल : घरायसी सामग्री ओसारपसारमा सहयोग गरिदिने भन्दै घुस लिने रुपन्देहीको विष्णुपुराबाट एक इन्स्पेक्टर र एक सहायक हवल्दार पक्राउ परेका छन्।

सशस्त्र प्रहरी बेस क्याम्प रुपन्देहीका प्रमुख इन्स्पेक्टर तेज बहादुर जोरा र सहायक हवल्दार वीरेन्द्रप्रसाद चौधरीले ६ हजार रुपैयाँ घुस लिँदै गर्दा रंगेहात पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय बुटवलका प्रवक्ता सुरेश भुसालले जानकारी दिए।

उनीहरूलाई गैडहवा गाउँपालिका ३ सगरहवाबाट नियन्त्रणमा लिएको उनले बताए। नियन्तरणमा लिई उनीहरूमाथि थप अनुसन्धान भइरहेको  प्रवक्ता  भुषालले जनाए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.