काठमाडौं : गायिका रानी शाक्यले आफ्नो नयाँ म्युजिक भिडियो 'को हो त्यो' सार्वजनिक गरेकी छन।
रोमान्टिक फ्लेवरको यस गीतमा एक युवतीले आफूलाई मन पर्ने मान्छेले सपनामा आएर आफूलाई सताएको र आफ्नो निद्रा चोरी लगेको वर्णन गरिएको छ।
'को हो त्यो' बोलको यस गीतमा स्वर रानी शाक्यको रहेको छ भने शब्द गोविन्दप्रसाद उपाध्यायको रहेको छ। विक्रम थापाले संगीतबद्ध गरेको यस गीतलाई विशन मानन्धरले संगीत संयोजन गरेका हुन्।
सुबल थापाले कोरियोग्राफी गरेको भिडियोमा एलिशा शर्मा र कमल सिंहको अभिनय रहेको छ। नवराज उप्रेतीले छायांकन गरेको भिडियोलाई नवीन निरौलाले सम्पादन गरेका हुन्। जीवन शाहीको निर्देशनमा भिडियो तयार पारिएको हो।
हाल अमेरिकामा बस्दै आएकी शाक्य पेशाले चिकित्सक हुन्। उनका 'मेरो प्रियतम', 'हरपल तिम्रो', 'यो वैँशको मात', 'सुरुवात', 'पहिलो माया', 'कथा' बोलका गीत लोकप्रिय छन्।
चर्चित संगीतकार मधु क्षेत्री, ओम कर्माचार्य, न्ह्यू बज्राचार्य, अरुण तिवारी, सहदेव ढुंगाना, विक्रम थापाको संगीतमा र चर्चित गीतकार रमण घिमिरे, लक्ष्मी श्रेष्ठको शब्दमा आफ्नो स्वर दिइसकेकी गायिका शाक्यले हालसम्म गायिका शाक्यले १७ बढी गीत सार्वजनिक गरिसकेकी छन्।
ओएसआर डिजिटलको अफिसिएल च्यानलमार्फत सार्वजनिक गरिएको भिडियोलाई सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।