|

बैतडी : चार दिनपछि नेपाल फर्काइएका तीन जना किरियापुत्रीको कोरोना परिक्षण नतिजा नेगेटिभ आएको छ।

पुर्चौंडी नगरपालिका ३ का अमरसिंह धामी, प्रेमसिंह धामी र रामसिंह धामीको र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) रिपोर्ट नेगेटिभ आएको जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर वशन्तराज जोशीले जानकारी दिए। जिल्ला अस्पताल बैतडीमा बुधवार बेलुका आरडिटी परिक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको हो। 

आरडिटी रिपोर्ट नेगेटिभ आएसँगै उनीहरुलाई घर पठाइएको बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिए। वैशाख ७ गते भारतीय क्वारेन्टाइनमै रहेका उनीहरूका बाबु ८३ वर्षीय उजले धामीको मृत्यु भएको थियो। 

४ दिनदेखि भारतीय क्वारेन्टाइनमै किरिया गरिरहेका उनीहरुलाई बुधवार बेलुका जिल्ला प्रशासन कार्यालय बैतडीको पहलमा स्वदेश ल्याइएको थियो। उनीहरु तीनै जनालाई झुलाघाट नाकाबाट स्वदेश फर्काइएको हो। 

भारतको पिथौरागढमा काम गर्दै आएका ती मजदुर लकाडाउनका घर आउन नपाउँदा भारतीय क्वारेन्टइनमा रहेका थिए। भारतको धार्चुला, झुलाघाट र पिथौरागढका विभिन्न क्वारेन्टाइनमा अहिले एक हजार भन्दा बढी मजदुरहरू बसिरहेका छन्‌।

सम्बन्धित समाचार :

बाबु बितेको चार दिन भयो, तीन छोरा भारतमै, नेपाल आउने अनुमति पाएनन्‌

भारतीय क्वारेन्टाइनमा रोकिएका किरियापुत्रीलाई नेपाल ल्याइयो

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.