स्थानीय निर्वाचन-२०७९

कोरोना संक्रमित महिलामा एचआईभी पनि पोजेटिभ देखियो

मानसिक समस्या, उपचारका लागि टेकु पठाइयो

जेठ २७, २०७७

    धादिङ : धादिङको गजुरी गाउँपालिका वडा नम्बर ५ को घाटबेंसीमा मानसिक सन्तुलन गुमेकी कोरोना संक्रमित महिलामा एचआइभी पनि पोजेटिभ देखिएको छ।

    डेढ वर्षदेखि सडक किनारामा बस्दै आएकी मानसिक सन्तुलन गुमेकी एक महिलामा कोरोना सोमवार  भाइरस संक्रमणको पुष्टि भएको थियो। केही समयदेखि अस्वभाविक रुपमा पेट बढ्दै गएको देखिएपछि स्थानीयले ती महिलाको उपचारका लागि गाउँपालिकालाई आग्रह गरेका थिए। 

    सडकबाट उठाएर गजुरीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा परीक्षण गर्दा उनी गर्भवती नभई पेटमा पानी जमेको पाइएको थियो। उनमा एचआईभी पोजेटिभ पुष्टि भएको गजुरी गाउँपालिकाका उपाध्यक्ष सीता ढुंगानाले जानकारी दिइन्। 

    ती महिलामा एचआईभी पोजेटिभ देखिनुले समाजमा थप चुनौती थपिएको उपाध्यक्ष ढुंगानाको भनाई छ। 

    राम्रोसँग नबोल्ने र बोलेको कुरा पनि नबुझिने भएकाले ती सडक महिलासँग अनैतिक कार्यमा संलग्न व्यक्तिहरु पत्ता लगाउन समस्या हुने देखिएको गाउँपालिकाले जनाएको छ। 

    सोमबार संक्रमण पुष्टि भएकी गजुरी–५ घाटबेंसी आसपासमा बस्दै आइरहेकी करिब ३२ वर्षकी मानसिक सन्तुलन गुमाएकी ती महिला गर्भवती पनि रहेको भन्दै उपचारका लागि उद्धार गरिएको थियो। 

    अस्पतालमा गएर परीक्षण गराउँदा उनको पेटमा पानी भरिएको पाइएको गजुरी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख डाक्टर रामहरि रेग्मीले बताए। 

    उपचारमा संलग्न स्वास्थ्यकर्मी र उद्धारमा संलग्नलाई गाउँपालिकाले क्वारेन्टाइनमा राखेको छ।  गर्भवती पुष्टि नभए पनि एचआईभी पोजेटिभ भेटिएकाले सडक महिलाका कारण थप जोखिम बढेको उपाध्यक्ष ढुंगानाको भनाई छ। 

    कोरोना संक्रमित महिलालाई गाउँपालिकाको पहलमा टेकु अस्पताल पठाइएको छ। डेढ वर्षदेखि घाटबेंसी आसपास क्षेत्रमा बस्दै आएकी उनको ठेगानासमेत खुल्न नसकेको स्थानीयले बताएका छन्।  

    उपचारका क्रममा शंका लागेर स्वाब परीक्षण गर्न पठाउँदा रिपोर्ट पोजेटिभ देखिएको गाउँपालिकाका स्वास्थ्य संयोजक डा. रेग्मीले जानकारी दिए। 

    उनलाई थप उपचारका लागि काठमाडौं पठाइएको छ। सोमबार नै नीलकण्ठ नगरपालिकाको क्वारेन्टाइनमा बसिरहेका १६ जनामा पनि कोरोना संक्रमणको पुष्टि भएको थियो। यीसमेत धादिङमा संक्रमितको संख्या २३ पुगेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]