स्थानीय निर्वाचन-२०७९

सल्यानमा फेरि थपिए १२ संक्रमित, सबै वनगाड कुपिण्डेका

संक्रमित संख्या १ सय ३६ पुग्यो

जेठ २७, २०७७

    सल्यान : सल्यानमा १२ जना कोरोना संक्रमित थपिएका छन्। मंगलबार प्रदेश अस्पताल पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा १२ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको हो। 

    कोरोना पुष्टि भएका सबै बनगाड कुपिण्डे नगरपालिका रहेका छन्। यससँगै बनगाड कुपिण्डे नगरपालिकामा संक्रमितको संख्या १ सय २४ पुगेको छ। मंगलबार संक्रमित हुनेहरुमा बनगाड कुपिण्डे नगरपालिका ३ का २४, २५ र २६ वर्षका पुरुष, वडा ४ का १७, २०, २०, २५, २६, २८ र ३० वर्षका पुरुष, वडा ५ का २२ र वडा न ८ का १८ वर्षका पुरुष रहेका छन्। 

    मंगलबार १२ संक्रमित थपिएसँगै सल्यानमा संक्रमितको संख्या १ सय ३६ पुगेको छ। बनगाड कुपिण्डे नगरपालिकामा १ सय २४, दार्मा गाउँपालिकामा ९, कुमाख गाउँपालिकामा २ र कपुरकोट गाउँपालिकामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमितमध्ये १३ जना प्रदेश अस्पताल सुर्खेत, १२ जना सल्यान अस्पताल र ९६ जनाको लुहापिङस्थित सल्यान बहुमुखी क्याक्पसको आइसोलेसनमा उपचार भइरहेको छ।
     

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]