स्थानीय निर्वाचन-२०७९

कर्णालीमा कोरोना संक्रमित ६७१, मंगलबार थपिए २० जना

जेठ २७, २०७७

    सल्यान : कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ६ सय ७१ पुगेको छ। मंगलबार २० जनामा कोरोना पुष्टि भएसँगै प्रदेशमा संक्रमितको संख्या ६ सय ७१ पुगेको हो। 
    प्रदेश अस्पताल, पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा १६, कर्णाली स्वास्थ्य विज्ञान प्रष्ठिान जुम्लामा २ र राप्ती स्वास्थ्य विज्ञान प्रतिठानमा गरिएको परीक्षणमा २० जना थपिएका सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखा प्रमुख डा.लक्ष्मीनारायण तिवारीले जानकारी दिए। 

    आज थप भएका संक्रमितमा सल्यान बन्गाड कुपिण्डे नगरपालिका ३ का २४, २५, २६ वर्षका पुरुष, वडा ४ का १७, २०, २०, २५, २६, २८ र ३० वर्षका पुरुष, वडा न ५ का १८ र वडा न ८ का १८ वर्षका पुरुष रहेका छन्। यस्तै सुर्खेत वीरेन्द्रनगर नगरपालिका १२ का २२ वर्षका पुरुष र १९ वर्षिया महिला, गुर्भाकोट नगरपालिका १४ का ५० वर्षीय पुरुष रहेका छन्। 

    यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जुम्लामा गरिएको परीक्षणमा जुम्ला हिमा गाउँपालिका ४ का ३५ र तिला गाउँपालिका २ का २८ वर्षिया महिला रहेका छन्। 
    राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दांगमा गरिएको परीक्षणमा सल्यान कपुरकोट गाउँपालिका ६ का २९ वर्षीय पुरुष र सुर्खेत सिम्ला गाउँपालिका ६ का २४ वर्षीय पुरुष छन्। 

    सल्यानका ती युवाको २१ गते सक्रमण पुष्टि भएको थियो र सुर्खेतका २३ गते पुष्टि भएको थियो। हालसम्म कर्णाली प्रदेशमा कोभिड १० संक्रमणबाट निको भई डिस्चार्च हुनेको संख्या ११ रहेको छ भने संक्रमण पुष्टि भएका मध्ये तीन जनाको मृत्यु भएको मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ। 
     

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]