स्थानीय निर्वाचन-२०७९

डडेल्धुरामा जनप्रतिनिधिसहित तीन प्रहरीमा काेराेना पुष्टि

जेठ २७, २०७७

    डडेल्धुरा : डडेल्धुरामा पहिलो पटक जनप्रतिनिधमा कोरोना संक्रमण देखिएको छ। परशुराम नगरपालिकामा कोरोना पुष्टि भएका ३ जनामध्ये १ जना जनप्रतिनिधि रहेका छन्। 

    सोमबार पुष्टि भएका २०, २५ र ५७ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो। तीमध्ये ५७ वर्षीय पुरुष जनप्रनितिधि रहेका परशुराम नगरपालिका स्वास्थ्य शाखा उपसंयोजक हिक्मतबहादुर धामीले जानकारी दिए।

    उनी परशुराम नगरपालिका नगर कार्यपालिकाका सदस्य हुन्। उनी त्रिवेणी बहुमुखी क्याम्पसको क्‍वारेन्टाइनमा बसिरहेका थिए। 

    अन्य २० र २५ वर्षीय पुरुष दुबै भातबाट आएका हुन्। उनी वडा नम्बर ५ परिगाउँ र वडा नम्बर ७ साँदनीको क्‍वारेन्टाइनमा बसिरहेका बुझिएको छ। डडेल्धुरामा सोमबार सात जनामा कोरोना संक्रमण रहेको पुष्टि भएको थियो।

    जिल्लामा यसअघि एक सरकारी कर्मचारीमा कोरोना संक्रमण देखिएको थियो। जेठ ६ गते स्क्रब टाइफसको उपचार गराउन डडेल्धुरा अस्पतालबाट ती युवा फर्केकै दिन उनको स्वाब संकलन गरिएको थियो। सरकारी कर्मचारीसमेत रहेका ती युवकमा जेठ ९ मा संक्रमण पुष्टि भएको थियो। पहिलो संक्रमित परशुराम नगरपालिका–१० का २८ वर्षीय कोरोनालाई जितेर घर फर्किसकेका छन्।

    तीन प्रहरीमा पनि संक्रमण पुष्टि

    सुदूरपश्चिम प्रदेशमा पहिलो पटक सुरक्षाकर्मीलाई पनि कोरोना देखिएको छ।  सेती प्रादेशिक अस्पताले सोमबार जारी गरेको सूचनामा कोरोना पुष्टि भएका ३७ जनामध्ये तीन जना प्रहरी रहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दीपायलका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) उत्तमराज सुवेदीले जानकारी दिए।

    उनका अनुसार दुई महिला र एक पुरुष गरी तीन प्रहरीमा कोरोना पुष्टि भएको हो। तीनै जना प्रहरी कञ्चनपुरमा कार्यरत प्रहरी हुन्।

    कञ्चनपुरको भारतसँग जोडिएको सीमानाका गड्डाचौकीमा भारतबाट आउने नेपालीहरुको समन्वयका लागि खटिएको दुई जना र क्‍वारेन्टाइन सुरक्षार्थ खटिएका एक जनालाई कोरोना देखिएको उनले जानकारी दिए।
     

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]