राजनीति

'सुगौली सन्धि खारेज गरौं, ग्रेटर नेपालको नक्सा निकालौं'

सधैं भारतसँग हेपिएर बस्‍न सकिँदैन

जेठ २७, २०७७

    काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की सांसद गंगा चौधरी सत्गौवाले अब भारतसँग हेपिएर बस्न नसकिने बताएकी छन्। 

    नेपालको नयाँ नक्सालाई आधिकारिकता दिन संसदमा प्रस्तुत संशोधन विधेयकमाथि छलफलमा भाग लिँदै उनले नेपालका केही उच्च पदस्थ नेताहरु भारतपरस्त भएको पनि बताइन्। 

    ‘नेपालका केही उच्च पदस्थहरु भारतको बोली बोल्छन्। राष्ट्रियताको सवालमा मातृभूमिको पक्षमा उभिनुपर्नेमा भारतको पक्षमा उभिइरहेका छन्’, उनले भनिन्, ‘किन यस्तो भइरहेको छ। नेपालकै केही सांसदहरुको गतिविधि पनि त्यस्तै देखिन्छ, शंकास्पद भूमिका र बोली सुनिन्छ संसदमै, यो राम्रो भएन।’

    सांसद चौधरीले अब नेपाललाई अन्याय गरेको सुगौली सन्धि पनि खारेज गरिनुपर्ने बताइन्। ‘नेपाललाई अन्यायमा पारेको सुगौली सन्धि अब हामीले मान्नुपर्छ भन्ने आवश्यकता छैन। यसलाई पनि खारेज गरिदिऊँ’, उनले भनिन्, ‘अब सधैँ भारतसँग हेपिएर चेपिएर बसेर हुँदैन। सुगौली सन्धि खारेज गरिदिएर ग्रेटर नेपालको नक्सा जारी गरौँ।’

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]