स्थानीय निर्वाचन-२०७९

मंगलबार थपिएका कोरोना संक्रमित कुन जिल्लाका कति?

जेठ २७, २०७७

    काठमाडौं :  नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ४ हजार नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ३ सय २३ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ४ हजार ८५ पुगेको जानकारी दिए।

    उनका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षण मात्र १२५ जना संक्रमित थपिएका छन्। उनीहरु महोत्तरीका ३१, धनुषाका २४, रौतहट २१, सर्लाही १६, सिरहा र नवलपराशी पश्चिमका १२–१२ जना, कपिलबस्तुका ७ र नुवाकोट २ जना छन्।

    सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा कञ्चनपुरका १९ जना, दार्चुलाका १० जना, डडेल्धुरा ७ जना र कैलालीका एक जना गरी ३७ जनामा कोरोना संक्रमण पाइएको छ।

    यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भरतपुरमा गरिएको परीक्षणमा चितवनका २४ जना, नवलपुरका ३ जना, धादिङ, कपिलबस्तु र सप्तरी एक–एक जना गरी ३० जना संक्रमित फेला परेका छन्।

    यसैगरी पोखरामा गरिएको परीक्षणमा नवलपुरका १२ जना, बाग्लुङका ११ जना र म्याग्दी एक जना गरी २४ जनामा संक्रमण पाइएको छ। प्रादेशिक अस्पताल रुपन्देहीमा गरिएको परीक्षणमा रुपन्देहीका २० जना र कपिलबस्तुका २ जनामा संक्रमण पाइएको छ।

    त्यस्तै जनकपुर अस्पतालमा गरिएको परीक्षणमा धनुषाका २१ जना, महोत्तरी १९ र सर्लाहीका एक गरी ४१ जना संक्रमित थपिएका छन्। सुर्खेत प्रादेशिक अस्पताल र पशुपंक्षि रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा सल्यानका १२, सुर्खेतका ४ जना गरी १६ जना थपिएका छन्।

    भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा बाँकेका ९ जना र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा सप्तरीका ६ जना र सुनसरीका एक जना गरी ७ जनामा संक्रमण पाइएको छ। त्यस्तै राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा दाङकै ६ जना थपिएका छन्।

    प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा ३ जना, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा जुम्लाका २ जना र कोशी अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा इलामका एक जना पुरुषमा कोरोना भाइरसको संक्रमण पाइएको छ।

    यससंगै नेपालका कुल ७२ जिल्लामा कोरोनाको संक्रमण फैलिसकेको छ। आज थपिएको जिल्ला इलाम हो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]