समाज

जनकपुर बजार खुल्यो, सिटी सफारीले ओसार्न थाले यात्रु

जेठ २८, २०७७

    जनकपुरधाम : प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा लकडाउनको प्रभाव घटेको छ। यहाँका प्रायः पसलहरु खुल्न थालेका छन्। बजारमा सर्वसधारणको चहलपहल बढेको छ।

    बजारमा खुलेका पसलमा सर्वसाधरणको बिहानैदेखि चहलपहल हुने गर्दछ। सडकमा सिटी रिक्सा र मोटरसाइकल समेत गुड्न थालेका छन्। सिटी रिक्साले यात्रु ओसार्ने गरेको देखिन्छ। ठाउँ ठाउँमा प्रहरी सुरक्षार्थ खटे पनि आवतजावत गर्नेहरुलाई रोकेको छैन।

    तीन दिनअघि उद्योग वाणिज्यसँगको पहलमा व्यापारीहरु र प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाबीच लकडाउन खुकुलो पार्ने विषयमा सहमति भएको थियो। त्यसपछि व्यापारीहरुले निर्धक्क साथ पसल खोल्न थालेका छन्। सिनेमा हल, सैलुन, जिमखाना, विद्यालय, केही सरकारी कार्यालय र उद्योग कलकारखानाबाहेक सबै प्रकारका व्यापार व्यावसाय सुरु भएका छन्।

    तर, सामाजिक दूरीलाई कायम गरेका छैनन्। न हात धोएर समान खरिद बिक्री भइरहेको छ। अस्पताल क्षेत्र, मुरली चोक, भानु चोक र रामानन्द चोकमा ठेलामा राखेर फलफूल र अन्य सामान खरिद बिक्री गर्नेको संख्या पनि बढेको छ। 

    प्रदेशमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि लकडाउन झन् कडा पार्नुको सट्टा कुखुलो बनाएकोमा सर्वसधारणहरुले असन्तुष्टि व्यक्त गरेका छन्। स्थानीय ‘हरेक जिल्लामा दैनिक कोरोना संक्रमित बढ्दै छन्। तर प्रशासनले लकडाउन खुकुलो पार्नु राम्रो काम होइन,’ विरेन्द्र यादव भन्छन्, ‘भिडभाड बढ्दा कोरोना संक्रमण झन तीव्र गतिमा फैलिने छ।’

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]