समाज

नेपाली कामदारबाटै ग्रीड सबस्टेशन निर्माणको काम

असोज १०, २०७७

    सर्लाही : लालबन्दी नगरपालिका–१ नवलपुरस्थित नेपाल विद्युत् प्राधिकरणको ग्रिड सबस्टेशनको निर्माण कार्य तीव्र भइरहेको छ।

    विद्युत् आपूर्तिलाई प्रभावकारी बनाउन पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरस्थित १३२÷३३ केभिएको ६३ एमभिए क्षमताको ग्रिड सबस्टेशन निर्माण भइरहेको हो। नेपाली वाइबा कम्पनी र भारतीय कम्पनि पावर टेकको ‘ज्वाइन्ट भेन्चर’मा ग्रिड सबस्टेशन निर्माणको काम गरिरहेको नेपाल विद्युत् प्राधिकरणका इलेक्ट्रिकल सुपरभाइजर सुशील यादवले जानकारी दिए।

    गत आर्थिक वर्षको भदौदेखि काम सुरु गरेको भए पनि कोरोना संक्रमणको त्रासले गत चैतमा नै भारतीय मजदुर घर फर्किएपछि अहिले नेपाली मजदुरहरुको प्रयोग गरी धमाधम काम भइरहेको छ। ग्रिड सबस्टेशनका लागि आवश्यक पर्ने ट्रान्समिटरहरु ल्याइसकिएको छ। अन्य उपकरणहरु पनि आवश्यकताअनुसार मगाउने काम भइरहेको यादवले बताए। उनका अनुसार चालु आर्थिक वर्षभित्र करिब १६ करोड रुपैयाँ लागतमा ग्रिड सबस्टेशनको काम पूरा गर्ने लक्ष्य रहेको छ।

    नवलपुरमा ग्रिड सवस्टेशन निर्माण भएपछि सर्लाहीभरका लागि रौतहटको चन्द्रनिगाहपुरबाट ल्याइएको ३३ केभिए प्रशारण लाइनलाई काटेर नवलपुरबाटै चार्ज गरी दुईवटा सर्किटमार्फत हरिपुर र मलंगवा वितरण सबस्टेशन हुँदै बिजुली प्रवाह गरिने छ।

    नवलपुरमा ग्रिड सबस्टेशन बनेपछि अहिलेको जस्तो प्राधिकरण र उपभोक्ता दुवैलाई हैरानी नहुने प्राधिकरणको लालबन्दी वितरण केन्द्रका प्रमुख सुधिर कुमार रायले दाबी गरे। सानो हावाहुरी तथा पानी पर्नासाथ सर्लाहीमा घण्टौंँसम्म विद्युत् ठप्प हुँदा जिल्लाबासीले हैरानी  खेप्दै आइहेको छ। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]