राजनीति

अविश्वास प्रस्तावबारे छलफल गर्न एमालेले बोलायो संसदीय दलको बैठक

असार ३०, २०७३

    काठमाडौं : सरकारविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएपछि त्यसबारेमा छलफल गर्न सत्तारुढ नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ।

    बिहीबार दिउँसो ३ बजे संसद भवन नयाँ बानेश्वरमा बैठक बस्ने एमाले संसदीय दलका प्रमुख सचेतक भानुभक्त ढकालले जानकारी दिए। बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे सांसदहरुलाई जानकारी गराउने र उनीहरुबाट सुझाव लिइने उनले बताए। 

    सत्ता साझेदार नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएर सरकारविरुद्ध संसदमा अविश्वासको प्रस्ताव दर्ता गराएपछि अब कसरी अगाडि बढ्ने भन्ने विषयमा सांसदहरुको राय लिन लागिएको हो।

    प्रधानमन्त्री केपी शर्मा ओली समक्ष सरकार अल्पमतमा परेकाले राजीनामा दिने, संसदमा विश्वासको मत लिने वा अविश्वासको प्रस्ताव सामना गरेर जाने विकल्प छन्। एमालेले पार्टीको शीर्ष तहमा पनि आन्तरिक छलफल गर्दैछ।

    समय नतोकिएपनि आवश्यकता अनुसार पार्टी पदाधिकारी तहमा पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे छलफल हुने सचिव प्रदीप ज्ञवालीले जानकारी दिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]