काठमाडौं : कामीरिता शेर्पा २९औं पटक सगरमाथाको चुचुरोमा पुगेका छन्। सबैभन्दा धेरै पटक सगरमाथाको चुचुरोमा पुगेको आफ्नै रेकर्ड...
काठमाडौ: भारतले गरेको नाकाबन्दीका समयमा काठमाडौँ बाहिरबाट ल्याइएका सिलिण्डर आइतबारदेखि काठमाडौंका विभिन्न स्थानबाट साटिने भएको छ।
नाकाबन्दीका समयमा काठमाडौं बाहिरबाट ल्याइएका र काठमाडौंमा उपलब्ध नभएका ग्यास सिलिण्डरहरू आइतबारदेखि आगामी साउन ८ गतेसम्म साट्न पाइने भएको छ। यसको व्यवस्था नेपाल एल.पि. ग्यास उद्योग संघले मिलाएको हो। ग्यास सिलिण्डर साट्दा कुनै शुल्क तिर्नु पर्ने छैन।
संघले थप पैसा खर्च नगरी काठमाडौंका ६ स्थानमा ग्यास साट्ने व्यवस्था मिलाएको छ। सबै ग्राहकले सिलिण्डर साट्न पाउने व्यवस्था गरिएको भएपनि ग्यास साट्नका लागि आफ्नो घरबाट केही टाढा भने पुग्नुपर्ने हुन सक्छ। आफ्नो ग्यास कुन हो र कहाँबाट साट्न पाइन्छ भनेर जानकारी दिनका लागि संघले सूचना नै जारी गरेको छ।
आफ्नो ग्यास सिलिण्डर साट्न पाइने ठाउँमा पुगेर ग्यास साट्न पाइने छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।