राजनीति

प्रहरी महानिरीक्षक नियुक्तिको प्रक्रिया सुरु, मन्त्रिपरिषद् बैठक साँझका लागि सर्‍यो

चैत ९, २०७३

    काठमाडौं : सर्वोच्च अदालतको फैसलापछि सरकारले प्रहरी महानिरीक्षक नियुक्तिको प्रक्रिया सुरु गर्ने भएको छ। योग्यता र बरीयताक्रम मिचेर ‘डीआईजी’ जयबहादुर चन्दलाई ‘आईजी’ नियुक्त गरेको सरकारको निर्णय सर्वोच्च अदालतले बदर गरेपछि पुनः नियुक्तिको प्रक्रिया सुरु भएको हो। 

    भोलिदेखि हुने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीनभ्रमणका विषयमा छलफल गर्न बोलाइएको आजको मन्त्रिपरिषद् बैठकमा आईजी नियुक्तका विषयमा पनि छलफल हुने श्रोतले वताएको छ। यो विषय मन्त्रिपरिषद् बैठकको कार्यसूचीमा नराखिए पनि प्रक्रिया सुरु गर्न छलफल हुने जानकारी दिइएको छ।

    सर्वोच्च अदालतको फैसलापछि बरीयताक्रमको पहिलो नम्बरमा नवराज सिलवाललाई आईजीपी बन्ने बाटो खुलेको छ। बिहान साढे १० बजेका लागि बोलाइएको बैठक बेलुकी ५ बजेका लागि सरेको सामान्य प्रशासन मन्त्री केशवकुमार बढाथोकीले जानकारी दिए।
     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]