समाज

असिनापीडित किसानहरुद्वारा क्षतिपूर्ति माग

चैत ९, २०७३

    लहान : अकस्मात् मौसम बदली भई सोमबार अपराह्न वर्षात्सँगै परेको असिनाले आँप, गहुँ र तरकारी बालीमा ठूलो क्षति पुगेको भन्दै सप्तरीको उत्तरवर्ती क्षेत्रका किसानहरुले क्षतिपूर्तिको माग गरेका छन्। 

    सप्तरीको रुपनगर आँप उत्पादक कृषक समूहले असिना र वर्षात्को मारमा परेका किसानहरुको क्षतिको मूल्याङ्कन गरी अविलम्ब क्षतिपूर्तिको व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ। समूहका अध्यक्ष तीर्थराज पोखरेलले असिना पानीले आफूहरुको आँप खेतीमा ठूलो क्षति पुगेको जानकारी दिँदै सरकारले क्षतिपूर्ति नदिए आफूहरु झन् ठूलो मर्कामा पर्ने गुनासो गरे।

    वर्षात् र असिनाले सप्तरीको पूर्व उत्तरी क्षेत्रमा पर्ने कञ्चनपुर, ठेलिया, धरमपुर, रुपनगर, महुली, जण्डौल, सीतापुर, कञ्चनरुप नगरपालिको बेङ्री, भुवनपट्टि लगायतका ठाउँमा लगाईएको आँप, गहुँ, तरकारी र दाल बालीलाई नराम्ररी क्षति पुर्याएको छ । असिना र वर्षात्ले आँपको पकेट क्षेत्र मानिएको उत्तरवर्ती क्षेत्रमा आँपको फूल (मजर) झार्नुका साथै थन्कयाउन तयार भएको गहँ बाली नष्ट गरेको छ। 

    जिल्ला कृषि विकास कार्यालय अन्तर्गत सप्तरीको कञ्चनपुर सेवा केन्द्रका अग्निदेव चौधरीले असिना पानीले आँप, गहुँ, तरकारी र दाल बालीमा क्षति पुर्‍याएको ठाउँको स्थलगत निरीक्षण गरी क्षतिको मूल्याङ्कन भईरहेको जानकारी दिए।

    चौधरीका अनुसार स्थलगत निरीक्षणको क्रममा असिना पानीले कञ्चनरुप नगरपालिकाको ठेलिया, बेङ्री र भुवनपट्टिमा आँप, गहुँ, तरकारी र दाल बाली पूरै सखाप भएको छ भने अन्य ठाउँको क्षतिको मूल्याङ्कन भइरहेको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]