स्वास्थ्य

भरतमोहनको स्वास्थ्यमा सुधार

चैत ९, २०७३

    काठमाडौं : थाइल्यान्डको बैंककमा उपचार गराइरहेका एमाले नेता एवं पूर्व मन्त्री भरतमोहन अधिकारीको स्वास्थ्यमा सुधार आएको छ। मुत्रथैली र पेटमा गम्भीर समस्या देखिएपछि अधिकारीलाई उपचारका लागि गत साता बैंकक लगिएको थियो।

    अधिकारीको बैंककस्थित भेजथानी अस्पतालमा उपचार भैरहेको छ। अधिकारी पुत्री लीमाका अनुसार उनको ‘सिस्टोसकोपी’ गरिएको छ। चिकित्सकले अधिकारीलाई अझै केही समय प्रत्यक्ष निगरानीमा राखेर उपचार गर्नुपर्ने बताएका छन्।

    ‘अहिले उहाँलाई नेपालबाट ल्याएको भन्दा धेरै राम्रो भएको छ’, लीमाले भनिन्, ‘डाक्टरहरुले अझै केही समय यहीं राख्नुपर्छ भनेका छन्।’

    पारिवारिक स्रोतका अनुसार अधिकारीको मुटुमा समेत समस्या छ। तर, वृद्ध अवस्थाका कारण मुटुको शल्यक्रिया गर्दा जोखिम हुने भन्दै चिकित्सकले औषधि चलाएका छन्। नेता अधिकारीको गत वर्ष भारत हरियाणाको मेदान्त सिटी अस्पतालमा उपचार गरिएको थियो। बैंकक लानुअघि अधिकारीलाई राजधानीका तीनवटा अस्पतालमा राखिएको थियो। तर, स्वास्थ्यमा सुधार नदेखिएपछि गत साता बैंकक लगिएको हो।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]