राजनीति

स्थानीय निर्वाचन ऐन खारेज गरी सबै दललाई चुनाव चिह्न प्रदान गर्न माग

चैत १०, २०७३

    काठमाडौ‌ : संसदबाहिर रहेका राजनीतिक दलहरूले निर्वाचनमा भाग लिने वातावरण बनाउन सरकार र निर्वाचन आयोगसँग माग गरेका छन्।
    डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपालसहित संसदमा नरहेका २४ वटा राजनीतिक दलले बिहिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी स्थानीय तहको निर्वाचनमा भाग लिने वातावरण बनाउन सरकार र निर्वाचन आयोगसँग माग गरेका हुन्। स्थानीय तह निर्वाचन ऐनले संसदमा नरहेका दलहरूलाई दलीय हैसियतमा निर्वाचनमा भाग लिन नपाउने व्यवस्था गरेको भन्दै उनीहरूले आपत्ति पनि जनाएका छन्। 

    उनीहरूले निर्वाचनमा भाग लिँदै आएका राजनीतिक दलहरूलाई प्रतिबन्ध लगाउने गरी आएको स्थानीय निर्वाचन ऐन खारेज गर्न र सबै दललाई चुनाव चिह्न प्रदान गरी निर्वाचनमा जाने वातावरण तत्काल सुनिश्चित गर्न पनि सरकार र निर्वाचन आयोगको ध्यानाकर्षण गराएका छन्। दलीय पहिचानको आधारमा निर्वाचनमा भाग लिन पाउने वातावरण तत्काल निर्माण गर्न सरकार र निर्वाचन आयोगसँग माग गरिएको नयाँ शक्ति पार्टी, नेपालका नेता परशुराम तामाङले जानकारी दिए।
    निर्वाचनमा जित्नेले राज्य चलाउने र हार्नेले पुनः जित्न पहिचानसहित जनतामा जान पाउने बहुदलीय व्यवस्थाको विश्वव्यापी मान्यताविपरीत स्थानीय तह निर्वाचन ऐनमा व्यवस्था गरिएको २४ दलद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ। 
    संसदबाहिर रहेका सबै राजनीतिक दलहरूलाई निर्वाचन चिह्न प्रदान गरी स्थानीय तहको निर्वाचनमा भाग लिने वातावरण तयार गर्न माग गर्नेहरूमा आम आदमी पार्टी नेपाल, किरात खुम्बुवान लोकतान्त्रिक पार्टी, नेपाल संघीय समाजवादी पार्टी, नेपाल कम्युनिष्ट पार्टी, नेपाल समावेशी पार्टी, बहुजन समाजवादी पार्टी, नेपाललगायतका जातीय तथा क्षेत्रीय पार्टीहरू पनि रहेका छन्। डा. भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी, नेपालले सबै राजनीतिक दलहरूलाई निर्वाचनमा भाग लिन नपाउने गरी आएको स्थानीय तह निर्वाचन ऐन खारेज गर्न माग गर्दै सरकार र निर्वाचन आयोगसँग यसअघि पनि माग गरेको थियो।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]