साहित्य

म्याग्दीमा सुरु भयो कलाकारहरूको महोत्सव

चैत १०, २०७३

    पर्वत : म्याग्दी सदरमुकाम बेनीमा बिहीबारदेखि ‘प्रथम धौलागिरी साँस्कृतिक महोत्सव– २०७३’ सुरु भएको छ। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान धौलागिरी अञ्चल समितिको आयोजनामा सुरु भएको साँस्कृतिक महोत्सव आगामी चैत २० गतेसम्म सञ्चालन हुनेछ। 
    लोक संस्कृतिको संरक्षण गर्दै कलाकारिताको विकासका लागि यो महोत्सव मोफसलमा पहिलो पटक आयोजना गरिएको आयोजकले जनाएको छ। राष्ट्रियस्तरका चर्चित कलाकारहरूको सांगीतिक प्रस्तुति रहने महोत्सवबाट भएको आम्दानीबाट कलाकारहरूको लागि कल्याणकारी कोष स्थापना गरिने प्रतिष्ठानले जनाएको छ। 

    बेनीमा प्रतिष्ठानद्वारा पहिलो पटक आयोजित साँस्कृतिक महोत्सवमा खुला लोकगीत प्रतियोगिता, सालैजो नृत्य प्रतियोगिता, मौलिक झाँकी प्रदर्शन, भजन प्रतियोगिताका साथै राष्ट्रिय तथा स्थानीय चर्चित कलाकारहरूका साँस्कृतिक प्रस्तुतिहरू रहने आयोजकको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]