ललितपुर : गोरखा पोलब्रेकर्स संघ नेपालको आयोजनामा पर्सि आइतवार चौथो अन्तरराष्ट्रिय पोलब्रेक च्याम्पियनसिप प्रतियोगिता आयोजना हुने भएको छ। बि...
काठमाडौं : नेपाल सुपर लिग फुटबलमा आज प्लेअफको पहिलो खेल हुँदैछ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे ५ बजे हुने खेलमा काठमाडौं रेजर्स र धनगढीले प्रतिस्पर्धा गर्दैछन्। शीर्ष स्थानमा रहँदै प्लेअफ प्रवेश गरेको काठमाडौंले लिग चरणमा ६ मध्ये ४ मा जित र एकमा बराबरी खेल्दै १३ अंक जोडेको थियो। धनगढीले ६ खेलबाट ३ मा जित र १ मा बराबरीको नतिजा निकालेर १० अंक जोडेको छ। आजको खेलमा जित निकाल्ने टोली सिधै फाइनलमा प्रवेश गर्नेछ। पराजित टोलीले भने ललितपुर र बुटवल लुम्बिनी बीचको विजेतासँग इलिमिनेटेर खेल्नेछ।
प्लेअफको दोस्रो खेलमा भोलि ललितपुर सिटी र बुटवल लुम्बिनी भिड्नेछन्। नेपालमा आयोजित पहिलो फ्रेन्चाइज फुटबल प्रतियोगितामा ७ टोली सहभागी भएका थिए। प्रतियोगिताको विजेताले ३५ लाख नगदसहित ट्रफी हात पार्ने छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।