स्थानीय निर्वाचन-२०७९

संक्रमित र निको हुने बराबर जस्तै, २४६ को मृत्यु

जेठ ५, २०७८

    काठमाडौं : देशभर गत २४ घण्टामा थपिएका कोरोना संक्रमित र संक्रमणमुक्त हुनेको संख्या बराबर जस्तै पुगेको छ। 

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ८ हजार १ सय ७३ जनामा संक्रमण पुष्टि हुँदा ७ हजार ९ सय ८९ जना संक्रमणमुक्त भएका छन्। संक्रमित हुने संख्या स्थिर देखिएपनि पछिल्लो पटक संक्रमणमुक्त हुनेको संख्या भने बढ्दै गएको छ। 

    पिसिआर विधिबाट ८ हजार ६४ र एन्टिजेन विधिबाट १ सय ९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिए। 

    संक्रमणका कारण गत २४ घण्टामा २ सय ४६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]