काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले दुईदिने राजकीय भ्रमणमा नेपाल आएका कतारका अमिर शेख तमिम विन हमाद अल थानीको सम्मानमा आज साँझ रात्रिभो...
काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) नेपाल सरकारमा सहभागी हुने भएपछि अहिले बहालवाला तीन मन्त्रीको जिम्मेवारी खोसिएको छ।
जसपा ८ मन्त्री र दुई राज्यमन्त्रीसहित सरकारमा जान लागेको हो। जसपाले पाउने ८ मन्त्रालयमध्ये ५ मन्त्रालय अहिले प्रधानमन्त्रीसँगै छ ।
जसपाले पाएको वन तथा वातावरण, महिला बालबालिका तथा ज्येष्ठ नागरिक र भूमि व्यवस्था तथा सहकारी मन्त्रालय सम्हालिरहेका अहिलेका मन्त्री जिम्मेवारी विहीन हुने भएका हुन्।
वन मन्त्री प्रेम आले, महिला तथा बालबालिका मन्त्री जुलीकुमारी महतो र भूमि व्यवस्था तथा सहकारी मन्त्री डा.शिवमाया तुम्बाहाङ्फेको पद खोसिएको हो ।
उनीहरुका स्थानमा जसपाका क्रमशः एकवाल मियाँ, चन्दा चौधरी र लक्ष्मणलाल कर्ण नयाँ मन्त्री बन्दैछन्।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।