काठमाडौं : पश्चिमी र स्थानीय वायुका साथै भारतको बिहार आसपास बनेको न्यूनचापीय प्रणालीको प्रभावले शनिबार देशभर आंशिकदेखि साधारणतया बदल...
काठमाडौं : बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले कोभिडविरुद्धको पहिलो डोज खोप लगाउन छुटेका प्रदेशमा कार्यरत पत्रकारलाई भेरोसेल खाेपको पहिलो मात्रा लगाइदिन जिल्ला स्वास्थय कार्यालयहरुलाई निर्देशन दिएको छ।
मन्त्रालयका वरिष्ठ स्वास्थ्य प्रशासक पुरुषोत्तम राज सेढाईले बुधबार प्रदेशका सबै स्वास्थ्य कार्यालयलाई पत्र पठाउँदै यस्तो निर्देशन दिएका हुन्।
पत्रकार महासंघ बागमती प्रदेश समितिको आग्रह अनुसार मन्त्रालयले पहिलो डोज खोपका लागि आवश्यक समन्वय र सहजीकरणका लागि भनेको हो।
पत्रकार महासंघ बागमती प्रदेश समितिले धेरै पत्रकार खोपको पहिलो डोज लगाउनबाट छुटेको भन्दै लगाउने व्यवस्था मिलाइदिन भन्दै जेठ २४ गते मन्त्रालयलाई पत्राचार गरेको थियो।
चीनले अनुदानमा दिएको भेरोसेल खोप जेठ २५ देखि ज्येष्ठ नागरिकलाई लगाउने क्रम चलिरहेको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।