राजनीति

शीर्ष दलको बैठकमा प्रधानमन्त्री गएनन् : प्रतिनिधिका रुपमा नेम्वाङ सहभागी

साउन ७, २०७३

    काठमाडौं : संसद खुलाउने वियमा छलफल गर्न सभामुख ओनसरी घर्तीमगर र प्रमुख तीन दलका शीर्ष नेताको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित भएका छन्। 

    शुक्रबार १ बजेपछि संसद् भवन नयाँ बानेश्वरमा बसेको नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रको शीर्ष बैठकमा प्रम ओलीले आफु नगई प्रतिनिधि पठाएका हुन्। प्रधानमन्त्रीका प्रतिनिधिको रुपमा एमाले संसदीय दलका उपनेता एवं स्थायी समिति सदस्य सुवाचन्द्र नेम्वाङ शीर्ष बैठकमा गएका छन्। 

    बिहीबार दुई पटक बसेको सभामुखसहितको शीर्ष बैठकमा सहभागिता जनाएका प्रधानमन्त्रीले शुक्रबार बैठकलाई वेवास्ता गर्दै आएका छन्। बिहान १२ बजे बोलाइएको बैठक पनि प्रधानमन्त्री ओली मन्त्रिपरिषद बैठकका कारण ब्यस्त हुनु परेको भन्दै १ बजेलाई सारिएको थियो। 

    एमालेका सचेतक गोकुल घर्तीले व्यस्तताका कारण प्रधानमन्त्री ओली बैठकमा अनुपस्थित भएको बताए। बैठकमा एमालेका अरु नेताहरु पनि उपस्थित छन्।  

बुद्ध लोप्चन

लोप्चन थाहा खबरका समाचारदाता थिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]