राजनीति

अविश्वास प्रस्ताव आजै निर्णयार्थ पेश हुने

साउन ७, २०७३

    काठमाडौं : संसद बैठकमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले पेश गरेको अविश्वास प्रस्ताव शुक्रबार नै निर्णयार्थ पेश गरिने भएको छ।

    संसदको कार्यसूचिमा बजेट सम्बन्धी तीनवटा आश्रित विधेयकसँगै अविश्वास प्रस्ताव पनि पेश गर्ने र निर्णयार्थ प्रस्तुत गरिने कार्यसूचि पनि राखिएको हो। शुक्रबार पौने ५ बजे सुरु भएको संसद बैठकमा पहिले बजेट सम्बन्धी तीनवटा विधेयक पेश हुनेछ।

    यो विधेयकमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले विपक्षमा मतदान गर्ने बताइसकेका छन्। त्यसपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रस्तावक र कांग्रेस सभापति शेरबहादुर देउवा समर्थक रहेको प्रधानमन्त्री केपी शर्मा ओली विरुद्धको अविश्वासको प्रस्ताव पेश हुने भएको छ।

    संसद बैठक बस्नुअघि शुक्रबार दिउँसोमात्रै कांग्रेस,एमाले र माओवादीले कार्यसूचिमा पहिले बजेट विधेयक राख्ने र त्यसपछि अविश्वास प्रस्ताव पेश गर्ने सहमति भएको थियो।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]